You are viewing the translated version of अनुसन्धान र बिकास खर्च.

Section 18
अनुसन्धान र बिकास खर्च
(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हद सम्मको अनुसन्धान र विकास खर्च कट्टी गर्न पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा त्यस्तो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।

(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी क्ट्री गर्न नपाइने कुनै अधिक खर्च वा सोको कुनै भागलाई आगामी आय वर्षको शुरुमा पुँजीकरण गरी अनुसूची-२ बमोजिम ह्वास क्ट्री गर्न सक्नेछ । स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “अनुसन्धान र विकास खर्च” भन्नाले कुनै व्यक्तिबाट निजको व्यवसायको विकास गर्ने र व्यापारिक उत्पादन वा प्रक्रियाको सुधार गर्ने उद्देश्यबाट गरिएको खर्च सम्झनु पर्छ ।

तर यस्तो खर्चमा अनुसूची-२ को दफा १ को उपदफा (३) मा उल्लिखित कुनै पनि सम्पत्ति प्राप्त गर्दाको लागत समावेश हुने छैन ।